‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कस्तो छ फिल्म ‘कल्की २८९८ एडी’को बक्स अफिस कलेक्सन ?

काठमाडौं ।  दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म 'कल्की २८९८ एडी' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।  प्रभाससँगै दीपिका पादुकोण, अमिताभ बच्चन स्टारर फिल्म ‘कल्की’ले पहिलो दुई दिनमै विश्वभर २९८.५ करोड भारु कमाएको छ । 

फिल्मले दोस्रो दिन (शुक्रबार) विश्वभर १ सय ७ करोड माथि कमाई गरेको छ । र, दुई दिनमै २ सय ९८ करोडमाथि व्यापार पुगेको निर्माण कम्पनी वैजयन्ती मुभिजले जनाएको छ । फिल्मले हिन्दी भर्सनमा मात्र दुई दिन (पहिलो दिन २२ करोड ५० लाख र दोस्रो दिन २३ करोड २५)मा ४५ करोड ७५ लाख कमाएको व्यापार विश्लेषक तरण आदर्शले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

फिल्मलाई दर्शक र समीक्षकहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। उनीहरूले कलाकारको अभिनयसँगै फिल्मको भिएफएक्सको तारिफ गरेका छन्। सामाजिक सञ्जालमा दर्शकले फिल्मलाई मास्टरपीस बताइरहेका छन्।

यो प्रभासको करियरकै सबैभन्दा महँगो फिल्म हो। भारतीय सञ्चारमाध्यमका टाइम्स अफ इन्डियाका अनुसार फिल्मको बजेट ६०० करोड भारू छ। 

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ५ : ३२ बजे