सुनको मूल्यमा नयाँ कीर्तिमान

देशको आर्थिक विकासका लागि सबै दल एक ठाउँमा आउनुपर्छ : गृहमन्त्री लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपालमा आम जनता र नेताहरूको प्राथमिकता एउटै विषयमा नभएको बताउनुभएकाे छ । 

नेकपा एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै लामिछानेले आम जनता र राजनीतिक दलका नेताहरूको प्राथमिकता एकै नभएको बताउनुभएकाे हाे ।

उहाँले देशमा राजनीतिक परिवर्तन भएर, संविधान बनेर, सबै किसिमका अधिकार प्राप्त भएपछि पनि आम जनताको चाहना अनुसार काम हुन नसकेको बताउनुभयाे । उहाँले शीर्ष नेताहरुबीच जनताको चाहना अनुसारको काम गर्न एक ठाउँमा आउन नसकेको बताउनुभयाे । उहाँले राजनीतिक समस्या समाधान गर्न सबै दल एक ठाउँमा आए जस्तै देशको आर्थिक विकास गर्न सबै एक ठाउँमा आउनुपर्ने बताउनुभयाे ।

उहाँले देशको विकास गर्न सबै नेताहरु एक ठाउँमा आउन आव्हान समेत गर्नुभएकाे  छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ४ : ५८ बजे