सुनको मूल्यमा नयाँ कीर्तिमान

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न सभापति देउवाले सोमबार अपराह्न पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।

सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत्त तरंगित भएको समयमा कांग्रेस पदाधिकारी बैठक बस्न लागेको छ ।

 

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  २ : ५२ बजे