‘नेशनल डे कन्सर्ट’ सम्पन्न

महासचिव ढकालको अभिव्यक्ति र रास्वपाको भविष्य

  रास्वपाका महासचिव मुकुल ढकाल असारको  मध्यतिर आइपुग्दा एकाएक चर्चामा आए । पदीय जिम्मेवारी महत्वपूर्ण भए पनि रास्वपाका नेताहरु मध्ये कम चर्चामा आृउने नाम हो मुकुल ढकाल । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको गएको  दुई वर्षमा यसरी कडा  बोलेको उनले सम्भबत यो नै पहिलो हुन सक्छ । ढकालले वोलेको कुरा रास्वपाको सागठानिक जीवनमा कति नजिक छ वा टाढा त्यो यहाँ उठाउन खोजिएको विषय होइन ।

ढकाल रास्वपाका महासचिव हुन । अर्थात उनी पार्टीको मुल नेता हुन । पार्टीको मुल नेताले चटके शैलीमा वाट–वाटै जे मन लाग्यो त्यही पार्टीको आन्तरिक जीवनका विषियमा वोल्न मिल्छ कि मिल्दैन भन्ने कुरा प्रमुख हो । 
पार्टीको जिम्मेवार व्यक्तिले  पार्टीलाई हानी –नोक्सानी पुग्नेगरी वोल्न पक्कै पनि मिल्दैन होला । सबैलाई थाह छ, कुनै पनि संगठन विधि वा पद्धतिमा चल्ने गर्छ । पक्कै पनि संगठन एउटा विधि वा पद्धतिबाट निर्देशित हुन्छ । संगठनका सबै सदस्य देखि पदाधिकारीहरु सबैको आ–आफ्नो जिम्मेवारी हुन्छ । त्यसमा पनि सभापति वा महासचिव भनेको पार्टीको मूल नेता हो । त्यसैले मूल नेताले सगठनको विषयमा वोल्दा ख्याल राख्नुपर्छ कि पर्देन रु लोकतान्त्रिक पार्टी हो भन्ने हिसाबले सगठनको मामिलामा जसलाई जे मन लाग्यो वोल वा गर्न छुट छ र रु जिम्मेवार व्यक्तिहरु सगठनको विधिमा वाधिनु वा अडिनु पर्छ कि पर्देन रु मूल नेतालाई पार्टी सगठनको विषयमा सार्वजनिक रुपमा जे पनि वोल्न छुट छ र रु रास्वपाको विधानमा मूल नेताले पार्टीकको विषयमा सडक –किनारमा जे पनि वोल्न र भन्न छुट छ भनेर लेखिएको छ होला र र?

 जब मूल नेताले नै पार्टी सकियो । विवेकशील साझा जस्तो बन्ने भो भनेर विना आधार सडकमा भट्यान मिल्छ ?  पार्टी  इतिहासकै नाजुक मोडमा छ भन्दै सार्वजनिक रुपमा चिच्याउन उनलाई छुट छ ? संगठनमा आवद्ध भएका व्यक्तिले सागठानिक विधि वा पद्धितिलाई पार्टीका कुराहरु सार्वजनिक गर्दा हेका राख्नु पर्छ कि पर्देन ? त्यसमा पनि उनी त महासचिव हुन । अरुले पार्टीमा विधि वा पद्धितिको उल्घन गरे उनीहरुलाई कारवाही  गर्न सक्ने अघिकार पाएका व्यक्ति हुन ढकाल । पार्टीमा अन्य नेता वा कार्यकर्ताहरुले सागठानिक लिक छाडेमा उनीहरुलाई त्यसो नगर्न चेतावानी दिने अधिकार पाएका नेता हुन उनी  । तर, अरुलाई पार्टी जीवनको सागठानिक मूल लिकमा हिडाउन उत्प्रेरणा दिने मूल जिम्मेवार व्यक्तिले नै गैरजिम्मेवार अभिव्यक्ति दिदै हिड्न कतिको सुहाउँछ रु  देशभरिबाट उनले महासचिवको हैसियतले पार्टीको अवस्थावारे मेहेनतका साथ संकलन गरेर ल्याएको रिपोर्ट पार्टी सभापति वा पार्टीको वैठकमा बुझाउनु पर्ने थियो । उनले यही रिपोर्ट सडककमा छताछुल्ल पार्नु अघि सभापति वा पार्टीको बैठकमा जानकारी गराउनु पर्ने थियो । हरेक पार्टीको सागठानिक जीवन संचालनको  प्रक्रिया पनि यही नै हो ।

 उनले संकलन गरेर ल्याएको रिपोर्ट पार्टी सभापति वा पार्टीको बैठकले गुपचुप राखेर सार्वजनिक नगरेको भए । त्यस्तो बेला उनी मिडिमा जान पनि सुहाथ्यो । आफूले ल्याएको पार्टीको सत्य तथ्य रिपोट पार्टीले गुपचुप पा¥यो भन्दै । तर, उनले सभापतिलाई बुझाउनु अघि नै कुनै वहादुरी काम गरेर ल्याए झै सडकमा  छताछुल्ल पारे । उनले ल्याएको वा भनेका रास्वपाको अवस्थाको वारेमा प्रश्न होइन । प्रश्न महासचिवको पदीय शैली र पार्टीगत संस्कार भएन भन्ने मात्रै हो । रास्वपा यहाँसम्म आउनु मा जति महासचिवको 
 महत्वपूर्ण भूमिका छ । त्यति नै यो पार्टी उनले नै भने झै सागठानिक रुपमा कमजोर हुँदै जानुमा पनि  पार्टी महासचिवको नै ट्डकारो कमजोरी देखिदैन र ?  देशभर पार्टीले सगठन बलियो बनाउन नसकेकै कारण उनले भनेको अवस्थामा पार्टी पुगेको होइन र ? त्यसोत, पार्टीको सगठन बलियो  बनाउने मूल जिम्मेवारी पनि पार्टी महाचिवकै होइन र ?  यही अवस्थामा पार्टी रहिरहने हो भने भोलीका दिनमा पार्टीले दुईसिट पनि जित्न सक्दैन भनेर फेरी उनले कसलाई रिस देखाएका हुन त ? पार्टीको महासचिव जस्तो व्यक्तिले बीच सडकमा विना प्रसंग सगठनको पोको खोल्दै आम रास्वपाका कार्यकर्ता एंव शुभचिन्तकहरुमा निराशाको वादल उडाउन मिल्छ रु आफू कुन जिम्मेवारीमा छु भन्ने कुरा उनलाई वोध नभएको हो  ? उनले फुकाएको पार्टीको अवस्थाको पोकोमा पार्टीको अवस्था कम उनको असन्तुष्टिको आक्रोश बढ्ता देखिएको छ । यसो भनूँ उनले पार्टीभित्रको आन्तकिक असन्तुष्टिको खोलो वगाएका छन । 

हो उनले भने झै पक्कै पनि रास्वपामा समस्या आएको छ । हिजोको जस्तो रास्वपाको पंक्ति उत्साहित देखिएको छैन । यतिखेर वाटो भुलेको बटुवा झै रास्वपा दोवाटोमा अलमलिएको छ । कता जाने कसरी जाने वाटो पहिल्यान नसकिराखेको अवस्थामा छ । पार्टी सभापति रवि लामिछानेले भने झै सिस्नो समाउँदै भिरको वाटोमा हिडुनु  पर्ने अवस्थामा पार्टी पुगेको छ । त्यसोत कुनै संगठन वा पार्टी पनि जीवन नै हो । सधै सजिलो र सरलबाटो मात्रै जीवनमा हिड्दा भेटिदैन । अप्ठ्यारो र चूनौतिका पहाडलाई पनि चिर्दै हिड्नु पर्ने हुुन्छ । त्यो हिड्ने आँट रास्वपाको मूल नेतृत्वसंग छ कि छैन रु यसमा नै सिगो रास्वपाको भविष्य अड्किएको छ ।  पार्टी जीवनमा भएका वा गरिएका कमी –कमजोरीहरुलाई सच्याउँदै हिड्ने आँट गरियो भने पक्कै पनि रास्वपाको भविष्य छ । सधै–सधै कुनै पनि पार्टीको पक्षमा लहर आउँदैन । हरेक पार्टीको जीवनमा त्यस्तो लहर बेला–बखतमा मात्रै आउने गर्छ । त्यसैले पार्टी बनाउने हो भने नेतृत्वले संगठन निर्माणमा जोड दिनु पर्छ । सगठन तल्लो तहदेखि नै बलियो बनाउन नेतृत्व तहले नै भूमिका खेल्नु पर्छ । नेतृत्व तहले संगठन निर्माणमा महत्वपूर्ण भूमिका निवाृह गरेको जस्तो अहिले सम्म देखिएको छै । संगठन विनाको पार्टी वालुवामा खडा भएको घर जस्तै हो । वालुवामा बनाएको घर सुन्दर त देखिन्छ । तर, लामो समय सम्म टिक्न सम्दैन । न त हावा –हुरीकाृे नै सामना गर्न सक्छ । महासचिवलेृ जस्तै  ल हामी त सकियौ भन्दै सडक–सडकमा निराशाको गीत गाउँदै हिड्ने  हो भने त सकिन पनि के वेर लाग्छ ।

लेखक रास्वपाका नेता हुनुहुन्छ 

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ११ : ०८ बजे