‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच बालकोटमा डेढ घण्टा भेटवार्ता, के कुराकानी भयो ?

भक्तपुर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार ओलीनिवास बालकोटमा भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओलीलाई भेट्न सभापति देउवा श्रीमती आरजु देउवा राणासहित बालकोट पुग्नु भएको थियो । भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो। 

एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईँले उहाँहरुबीच समसामयिक राजनीतिक विषय, देशको वर्तमान अवस्था र विभिन्न विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एमाले अध्यक्ष र कांग्रेसका सभापतिबीच नियमित भेटघाट हो, ठाउँ मात्रै फरक हो, केहीदिन अघि पनि सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसहित उहाँहरुबीच भेटवार्ता छलफल भएकै हो ।” अपरान्ह करिब ३ बजे देउवा श्रीमती आरजु देउवा सहित बालकोट पुग्नु भएको थियाे ।

उहाँहरु तीनजना बीच करिब डेढ घण्टा कुराकानी भएको बालकोट स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उहाँहरु बीच संविधान संसोधनका विषय लगायत विविध विषयमा छलफल भएको हो । खासगरी अहिलेको निर्वाचन प्रणालीमा फेरबदल गर्न दुवै नेताहरुले चासो राखेका छन् । वर्तमान निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत नआउने भएकोले समानुपातिक प्रतिनिधित्वका विषयमा पुनर्विचार गर्न दुवै पार्टीमा बहस भइरहेको छ । प्रतिनिधिसभालाई प्रत्यक्ष निर्वाचित प्रणालीमा केन्द्रित गरेर राष्ट्रियसभालाई पूर्ण समाुनपातिक बनाउने वा प्रतिनिधीसभाको प्रत्यक्षतर्फ नै आरक्षण कायम गर्ने भन्ने विषयमा छलफल अघि बढेको छ । एमाले स्रोतका अनुसार दुवै पार्टीका दोस्रो तहका नेताहरुले धेरै चरणमा छलफल गरेपछि आज अध्यक्ष ओलीसँग भेट्न देउवा दम्पती बालकोट पुगेका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहालबाट दास्रो पटक धोका खाएका देउवा त्यसको बदला लिने उपयुक्त समयको खोजीमा हुनुहुन्छ । कतिपयले काँग्रेसले अध्यक्ष ओलीलाई सत्ताको बागडोर सम्हाल्न अनौपचारिक प्रस्तावमा छलफल चलाएको बताएका छन् ।

संसदमा छलफल कै क्रममा रहेको संक्रमणकालिन न्याय सम्बन्धी विधेयक सहमतीमा टुंग्याउने विषयमा पनि अध्यक्ष ओली र सभापति देउवाबीच छलफल भएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ७ : ०६ बजे