सुनको मूल्यमा नयाँ कीर्तिमान

अध्यक्ष ओली र सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

शनिबार अपरान्ह अध्यक्ष ओली निवास बालकोट पुग्नुभएका देउवाले ओलीसँग समसामयिक विषयमा छलफल गरेको बताइएको छ ।

देउवासँगै ओली निवासमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएको देउवा पत्नी आरजु राणा पनि पुग्नुभएको थियो ।

सत्ता समीकरणमा विभिन्न विषयमा विवाद बढिरहेको बेला देउवा र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ८ : ४९ बजे