काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा मेसिनबाट धान रोप्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले चितवनको रत्ननगरमा आयोजित २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा सौराहास्थित बच्छौलीमा पुगेर बहुउद्देश्य कृषक समूहको खेतमा मेसिनको प्रयोग गरी धान रोप्नुभएको हो ।
उहाँसँगै कृषिमन्त्री ज्वालाकुमारी शाह, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सांसद हरि ढकाललगायतको उपस्थित रहेको थियो ।
प्रकाशित मिति : १५ असार २०८१, शनिबार ११ : ४३ बजे
प्रतिक्रिया