सुनको मूल्यमा नयाँ कीर्तिमान

‘वामपन्थी एकताको प्रक्रिया अघि बढीसकेको छ ’

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताउनुभएको छ  । शुक्रबार काठमाडौंमा जगतबहादुर बोहराको जीवनी तथा संस्मरण लोकार्पण कार्यक्रममाउहाँले यस्तो बताउनु भएको हो ।

वामपन्थी एकतालाई सफल पार्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नकारात्मक भाष्य चिर्ने र जनताका पक्षमा अझ राम्रा काम गरेर आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्ने उनले उल्लेख गर्नभयो  ।

क्रान्ति र परिवर्तनका उपलब्धि संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो  ।

देशको परिस्थितिबारे नकारात्मक भाष्य सिर्जना गरिएको उहाँको भनाइ छ । उक्त भाष्य चिरेर अघि बढ्नुपर्ने उहाँले बताउनु भयो । कम्युनिस्ट र सबै लोकतान्त्रिक शक्तिहरू एकताबद्ध भएर नकारात्मक भाष्य चिर्न लाग्नुपर्नेमा उहाँले  जोडदिनु भयो  ।

‘क्रान्ति र परिवर्तनलाई यी उपलब्धिहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न यति बेला सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको छ । सरकारको यस प्रयासमा नेपालका सबै वामपन्थी, लोकतान्त्रिक एवं प्रगतिशिल शक्तिको साथ र सहयोग रहने विश्वास व्यक्त गर्न चाहन्छु । अहिलेको देशको परिस्थितिबारे नकारात्मक भाष्यबारे, जनतामा देखापरेको मनोविज्ञानबारे हामी सबैले नै जिम्मेवारी महसुस गर्नुपर्ने हुन्छ ’  उहाँलृ भन्नसभया । 

 प्रधानमन्त्री  दाहा ले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताउनुभयो   ।“हजारौँ महान् शहिदहरू, हजारौँ बेपत्ता योद्धाहरू र लाखौँ क्रान्तिकारी योद्धाहरूले त्याग, तपस्या र बलिदानको जगमा आज हामी समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो , “यी उपलब्धीहरूलाई संस्थागत गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ ।”

जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि क।बोहराले देश र जनताको मुक्ति र परिवर्तनलाई नै केन्द्रमा राखेर काम गरेको स्मरण गर्दै प्रधानमन्त्रीले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका पक्षमा भएको महान् जनयुद्धको दौरानमा समेत उनको महत्त्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो   ।

एकदलीय निरङ्कुश पञ्चायती व्यवस्थाका विरूद्ध जनताले गरिरहेको वीरतापूर्ण प्रतिशोधमाथि दमनस्वरूप २०४० सालको माघे सङ्क्रान्तिका दिन सिन्धुपाल्चोक जिल्लाको पिस्करमा सर्वसाधारण जनतामाथि निर्मम दमन र हत्या भएको थियो ।

स्थानीय समुदायले माघीको अवसरमा शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम भइरहँदा पञ्चायती शासकहरूले गरेको आक्रमणमा परी पिस्करमा इले थामी र वीरबहादुर थामी लगायतका योद्धाहरूले उच्च बलिदान गरेका थिए । 

उक्त घटनामा छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरूण नेपाल, सरेश नेपाल, गोपाल थपलिया लगायतका दर्जनौँ योद्धाले जेलनेल र यातनाको सामना गर्नुपरेको थियो । जगतबहादुर बोहरा उक्त घटनामा सख्त घाइते भएका थिए । 

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ११ : ४२ बजे