दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ३ विषय अध्यापन गराउने अनुमति

हेटौंडा । बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो वर्षमा नै तीन वटा विषय पढाउने अनुमति पाएको छ ।

प्रदेशको प्राथमिकतामा रहेको प्रतिष्ठानले चालू शैक्षिक सत्रबाट नै चिकित्सा शिक्षा आयोगबाट कक्षा सञ्चालनको अनुमति पाएको हो । अब प्रतिष्ठानमा स्नातक पब्लिक हेल्थ, स्नातक फार्मेसी, ल्याब टेक्नोलोजी विषय अध्यापन हुने भएको हो ।

स्नातक पब्लिक हेल्थ  (BPH) को २० सिट, स्नातक फार्मेसी ( Bpharm)  र ल्याव टेक्नोलोजिष्ट( Bsc MLT) ३०३० सिटको अनुमति पाएको प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ९ : २१ बजे