साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पाठ्यक्रम समय सापेक्ष बनाउनुपर्नेमा जोड

काठमाडौं । नेपालको पाठ्यक्रममा विद्यालयस्तर र उच्च शिक्षा तहमा ठूलो खाडल देखिएकाले पाठ्यक्रमको विकास समय सापेक्षित हुनुपर्ने शिक्षाविदहरुले बताएका छन् ।

मदन भण्डारी मेमोरियल कलेजले आफ्नो २३ औँ वार्षिक उत्सवका अवसरमा आज (बिहीबार) आयोजना गरेको ‘वर्तमान पाठ्यक्रम र प्रभावकारीता’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै सहभागी विज्ञहरूले नेपालको पाठ्यक्रममा विद्यालयस्तर र उच्च शिक्षा तहमा ठूलो खाडल देखिनु चिन्ताजनक भएकाले त्यसको जिम्मेवारी कसले लिने भन्ने कुरा गम्भीर रहेको बताउनुभयो ।

रेडियो श्वेत शार्दूल ९३.६ मेगाहर्जको संयोजनमा मदन भण्डारी मेमोरियल कलेजका प्रमुख डा. बाबुराम अधिकारीले सहजिकरण गर्नुभएको उक्त अन्र्तक्रिया कार्यक्रमका वक्ताहरूले नेपालमा विद्यमान शिक्षा प्रणली, पाठ्यक्रम र यसमा देखिएका खाडलको समेत समीक्षा गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयमा शिक्षा संकायका प्राध्यापक देवी प्रसाद भट्टराईले वर्तमान पाठ्यक्रममा प्रयोगात्मकभन्दा सैदान्तिक विषयवस्तु बढि हाबी भएको बताउनुभयो । कक्षामा सिकाइएका कुराहरुलाई जबसम्म व्यवहारमा उतारिँदैन तबसम्म विद्यार्थीहरुले नयाँ कुरा सिक्न नसक्ने उहाँको भनाइ छ । विद्यार्थीहरुलाई समय सान्दर्भिक र परिवर्तनशील शिक्षा दिन नसकिए उनीहरुमा अस्पष्टता सिजर्ना हुने उहाँले बताउनुभयो ।

अर्का विज्ञ वक्ता प्रा.डा. वासुदेव काफ्लेले पाठ्यक्रम सुव्यवस्थित हुनुपर्नेमा जोड दिनुभयो । हाम्रो सिकाइ प्रक्रिया अनुभव र क्रियाकलापबाट आदानप्रदान गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले लक्षित समुदायलाई नबुझि तयार पारिएको शैक्षिक सामग्रीले अपेक्षाकृत नतिजा नल्याउने तथा हाम्रो पद्धतीमा पनि परिवर्तन ल्याउनुपर्ने खाँचो औल्याउनुभयो । नीति निर्माणको पाटोलाई जस्ताको त्यस्तै साभार गर्ने मात्र नभएर कार्यान्वयनको पाटोलाई पनि सुदृढ बनाउनुपर्ने उहाँको सुझाव छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ६ : ५२ बजे