सुनको मूल्यमा नयाँ कीर्तिमान

नेकपा एसको महाधिवेशन : एक दिन पनि टिकेन खनाल-भुसाल सहमति

काठमाडौँ । नेकपा एसको अध्यक्ष बन्ने भन्ने विषयमा दुई बरिष्ठ नेता बीच भएको सहमति एक दिन नपुग्दै भत्किएको छ । 

माधव नेपालकाे बिकल्लापमा आफु अध्यक्ष हुने भन्नेर दाबी गरेका दुइ नेता झलनाथ खनाल र घनश्याम भुशालबीच एक दिन सहमति हुने र अर्को दिन सहमति नै नभएको भन्दै खण्डन गर्नेक्रम सुरु भएसँगै अध्यक्षका लागि भएको खनाल–भुसाल सहमति पानीको थोपा साबित भएको बताइएको छ ।

रोचक कुरात खनाल नेपालबीच भएको घोषित सहमति भएकै छैन भन्ने तहमा सम्मानित नेता झलनाथ खनाल पुग्नुले महाधिवेशनको मुखमा नेकपा एस भित्र देखिएको घर झगडा ‘कि तँ छैनस् की म छैन’ भन्ने तहमै पुगेको चर्चा छ ।  

यसैबीच ​​​​​​​ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफुले घनश्याम भुसाललाई अध्यक्षमा सघाउने सहमति नभएको स्पष्ट गरेका छन् ।

विहिबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि प्रतिक्रिया दिदै नेता खनालले आफ्नो दाबि जारी रहेको बताउदै भुसालसँग सहमति नभएको स्पष्ट गरेका हुन् ।

बुधबार खनाल निवासमा भुसालसँगको छलफल पछि उनलेअध्यक्षमा भुसाललाई सहमति गर्ने भएको बताइएको थियो । नेता खनालले आफ्नो नाममा सहमति नहुनुपर्ने कारण के छ भन्दै आफ्नो नाममा सहमति बन्ने बताएका हुन् । असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा वर्तमान अध्यक्ष माधव नेपाललाई नेता खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने बताएका छन् ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ६ : २९ बजे