दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

आजदेखि निषेधाज्ञा खुकुलो बन्दै, पुस्तक र हार्डवेयर पसल खुल्ने

काठमाडौं। कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा आजदेखि पुस्तक पसल र हार्डवेयर पसल खुल्ने भएका छन् । असार पहिलो सातासम्मलाई लम्बिएको निषेधाज्ञा केही खुकुलो बनेको हो । संक्रमण घटेसँगै निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने गृहमन्त्रालयको निती अनुसार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले हार्डवेयर र पुस्तक पसल खोल्न दिने भएका हुन् । जसअनुसार, पुस्तक पसल विहान ११ बजेसम्म र हार्डवेयर पसल दिउँसो २ बजेदेखि खुल्दैछन् ।
 

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ९ : ०० बजे