‘नेशनल डे कन्सर्ट’ सम्पन्न

गजल प्रतियोगिता गर्दै निजामती कर्मचारी सङ्गठन 

काठमाडौं । नेपाल निजामती कर्मचारी सङ्गठनले भानु जयन्ती एवं सहिद स्मृति दिवस, २०८१ को सन्दर्भमा खुल्ला गजल प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम गर्ने भए भएको छ । प्रतियोगितामा भाग लिन चाहने सहभागहिरुले आ-आफ्नो रचना २०८१ आषाढ २२ गतेसम्म सङ्गठन केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौं प्राप्त हुने गरी पठाउन सङ्गठनले अपिल गरेको छ । 

सङ्गठनका अध्यक्ष अध्यक्ष लेखनाथ कोइरालाका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने गजललाई क्रमशः १०,०००, ७,०००, ५,००० नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ । 

प्रतियोगितामा सहभागी हुने गजल नेपाली भाषामा लेखिएको हुनुपर्ने,  गजल समसामयिक विषयवस्तुमा आधारित हुनुपर्ने, गजलका न्यूनतम मापदण्ड र मान्यताको पालना गरिएको हुनुपर्ने, आफैबाट रचना भएको अन्यत्र प्रकाशित र वाचन नभएको ५ देखि ६ शेरमा लेखिएको गजल हुनुपर्ने लगातका मापदण्ड सङ्गठनले बनाएको छ । 

यसैगरी  रचना सामाजिक सद्भाव, राष्ट्रियतामा आँच आउने तथा व्यक्ति र संस्थाप्रति लक्षित हुने खालको हुन नहुने,  रचनाकारले एउटा मात्र गजल पठाउनु पर्ने, रचना वाचन गर्न स्वयम् उपस्थित हुनुपर्ने नियम पनि सङ्गठनले तोकेको छ । 

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ७ : ०१ बजे