साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रभु बैँक लि.र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर बीच छुट सम्झौता 

लिलतपुर । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ ।  

एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बाग्मति प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गर्नुभयो ।  

सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारीहरुले कर्मचारी परिचयपत्रको आधारमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।  

उक्त समारोहमा बिशेÈ गरी महिला कर्मचारीहरुलाई लक्षित गरि स्तन र पाठेघर सम्बन्धि क्यान्सरबारे जानकारी गराईएको थियो । स्तन सम्बन्धि क्यान्सर का डा.प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धि क्यान्सर की डा.अनु बज्राचार्यले चेतना मुलक सन्देश प्रस्तुत गर्नुभएको थियो भने सो समारोहमा उल्लेखनीय महिला कर्मचारीहरुको सहभागितासमेत रहेको थियो । 

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ४ : ३४ बजे