सुनको मूल्यमा नयाँ कीर्तिमान

आरती रावलले माइतीघर मण्डलाको पोलबाट हाम फाल्न खोजेपछि…

काठमाडौं । काठमाडौंस्थित माइतीघर मण्डलामा नेपालको झण्डा राखिएको पोलबाट आम फाल्न खोजेकी आरती रावलको प्रहरीले उद्वार गरको छ ।

रावल आज दिउँसो हाम फाल्न भन्दै पोलमा चढ्नु भएको थियो । प्रहरीले तत्कालै उहाँको उद्वार गर्न सफल भएको हो ।

रावलले श्रीमान निलम्बित न्यायाधीस भुवन गिरीले आफूमाथि बलात्कार गरेको भन्दै मुद्वा दायर गर्नु भएको थियो । मुद्वामा अदालतले गिरीलाई दोषी ठहर गर्दै जेल सजाय पनि सुनाइसकेको छ । अदालतले उहाँलाई ७ वर्ष कैद फैसला गरेको थियो ।

रावलले गत माघ २ गते सर्वोच्च अदालतअगाडि, गत चैत २१ गते सर्वोच्च अदालतको इजलासमै विष सेवन गरेर आत्महत्याको प्रयास गर्नु भएको थियो । उद्वार गरिएको रावलको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ८ : ५८ बजे