देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

विदेशबाट आएका कामतको होटलमा शंकास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित धनगढीमाई होटल एण्ड लजमा आज अपरान्ह एक युवकको शंकास्पद मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढीमाई नगरपालिका–३ का करिब ३२ वर्षीय प्रमोद कुमार कामत रहेको प्रहरीले जनाएको छ।

होटल संचालक धर्मा महतोका अनुसार विहान ९.३० बजे एकजना महिलासँगै आएका कामती होटलमा प्रवेश गरेको जानकारी दिनुभयो । धेरै समय भइसक्दा समेत होटल चेक आउट नभएपछि ढोका खोल्दा कामती मृत अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरेको होटल संचालक महतोले जानकारी दिनुभयो ।

मृतक कामत वैदेशिक रोजगारीबाट आज बिहानमात्र घर आईपुगेको परिवारजनले जानकारी दिए। मृतका बुवा रामनारायण कामतीले विदेशबाट आउने वितिकै कसैलाई केही नभनी छोरा घरबाट निस्किएको बताउनुभयो । मृतक कामतीको श्रीमतीसहित तीन छोरा र दुई छोरी हुनुहुन्छ ।

कामतको मृत्यु शंकास्पद रहेको जनाउँदै मृतक कामतीसँग प्रवेश गरेकी अपरिचित महिला फरार रहेको वताउँदै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले घटनास्थमो प्रकृति मुचुलका उठाउने काम भईरहेकोले तत्काल केही बताउन नसकिने जनाएको छ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  २ : ३८ बजे