देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

 वैदेशिक रोजगारीको बहानामा दुवई पुर्‍याई मानव बेचबिखन गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीको बहानामा दुबई पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ। 

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-८ बस्ने ४२ वर्षीय मनोज महर्जन रहेका छन् । शुक्रबार मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले उनलाई गौशालाबाट
पक्राउ गरेको हो ।

 ब्युरोका अनुसार उनले  पीडितलाई आकर्षक तलबमा दुबईको टिस्यु पेपर प्याक गर्ने कम्पनीमा पठाइदिने प्रलोभन देखाई २ लाख ९० हजार रूपैयाँ लिएको खुलेको छ।

उनले  २०८० फागुन ७ गते दुबई पुर्‍याई घरेलु कामदारहरू पठाउने एजेन्टको अफिसमा लगी बेचबिखन गरी शारीरिक तथा मानसिक यातना दिई विना पारिश्रमिक दैनिक १८ देखि २० घण्टासम्म घरायसी काममा लगाई चरम श्रम शोषण गरेको समेत  खुल्न आएको ब्युरोले जनाएको छ।

हाल पक्राउ परेका प्रतिवादी यसअघि पनि वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा ७ वर्ष कैद भुक्तान गरिसकेका  थिए ।

 महर्जनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  २ : २९ बजे