सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले उच्चस्तरीय टोली चीन भ्रमणमा,राष्ट्रपतिले बनाएको नयाँ शहरकाे अवलोकन गर्ने

काठमाडौं । उत्तरतर्फको छिमेकी मुलुक चीनबाट चरणबद्ध नेपाल भ्रमण भइरहेका बेला यताबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमालेको उच्च स्तरीय प्रतिनिधिमण्डल पनि चीन भ्रमणमा जान लागेको छ । 

एमालेका उपमहासचिव विष्णु रिमालको नेतृत्वमा ३० सदस्यीय जम्बो टोली मगंलबार १० दिने भ्रमणमा निस्कन लागको हो । 

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागको मैत्रीपूर्ण निमन्त्रणामा यो भ्रमण तय भएको बताइएको छ । 

भ्रमण टोलीले हुवाइ र युनान प्रान्तको भ्रमण गर्ने टोली नेता विष्णु रिमालले चक्रपथलाई बताउनुभयो । 

भ्रमण दलले हुवाईको सिउनआङमा तीनले बनाइरहेको स्मार्ट सिटीसमेत अवलोकन गर्नेछ । उहाँका अनुसार बेइजिङको भीड घटाउन बनाइएको होइड्रोलिक सिटीको अवलोकन भ्रमणको महत्त्वपूर्ण उद्देश्य हो।

यो स्मार्ट सिटी चिनियाँ राष्ट्रपति सि जिन पिङको बिचारधारालाई प्रतिबिम्बित हुने गरी निमार्ण गरिरहेको छ । चीनले यो सहरमा राजधानी बेइजिङमा रहेका कतिपय सरकारी कार्यालयहरूको  स्थानान्तरणसमेत गरिरहेको छ । विकासको नयाँ मोडेलका रूपमा स्थापित भइरहेको यो सहरमा एमाले नेताहरूलाई विशिष्ट किसिमको स्वागत हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको कतिपय विश्लेषकहरू बताउँछन् । यो शहरको भ्रमणपछि टोलीले युनान प्रान्तको अध्ययन भ्रमण गर्ने छ । भ्रमणकाक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको उच्च तहसँग भेटवार्तासमेतहुने बताइएको छ । 

भ्रमण दलमा रिमालसहित नेता भानुभक्त ढकाल, विनोद श्रेष्ठ, सुजिता शाक्य, लालबहादुर थापा, इन्दिरादेवी गौतम, जीवन गौतम, नागेन्द्र शाही, सांसद महेश बस्नेत, सरस्वती सुब्बा, मधेस प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल, श्रीप्रसाद श्रेष्ठ, घनश्याम सुवेदी, पेम्वा लामा, प्रेम दंगाल, राजन भुर्तेल, अमित लामा लगायत रहनुभएको छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १२ : ०८ बजे