साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा

काठमाडौं । आईसिसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गतको अन्तिम खेलमा अफगानिस्तानले रोमाञ्चक जित हात पारेको छ ।

भर्खरै सम्पन्न खेलमा बंगलादेशलाई डिएलएसमा ८ रनले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। अफगानिस्तानको यो जितसँगै अस्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ। अफगानिस्तानले सेमिफाइनलमा दक्षिण अफ्रिकासँग सामना गर्नेछ ।

डिएलएसमा पाएको ११४ रनको लक्ष्य पछ्याएको बंगलादेश १०५ रनमा अलआउट भयो । उसका लागि लिटन दासले ५४ रन बनाउँदा तोहिड हृदोयले १४, सौम्य सरकारले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ अफगानिस्तानका नवीन उल हक र रासिद खानले ४–४ विकेट लिए भने फजहल फारुकी र गुलबदिन नइबले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर ११५ रन जोड्यो । उसका लागि रहमानुल्लाह गुरबाजले ४३, रासिद खानले अविजित १९, इब्राहिम जाद्रानले १८ रन जोडे ।

बंगलादेशका लागि बलिङमा रिसाद हुसेनले ३ तथा तास्किन अहमद र मुस्ताफिजुर रहमानले १–१ विकेट लिए ।अफगानिस्तानले सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

​​​​​​​

 

 

 

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ११ : १८ बजे