काठमाडौं। सत्तारुढ दल नेकपा (एमाले)ले बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।
प्रतिनिधि सभाको मंगलबार बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेकाले संसदमा अनिवार्य उपस्थिति भएर पक्षमा मतदान गर्न एमाले प्रमुख सचेतक महेश बर्तौलाले ह्वीप जारी गर्नुभएको हो ।
ह्वीपमा भनिएको छ, ‘आज बस्ने प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकोले बैठकमा अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न एमालेका सांसदहरूलाई ह्वीप जारी गरिएको जानकारी गराउँदछु ।’
सरकारले जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो । आज विभिन्न मन्त्रालयहरुको विनियोजित बजेटमा छलफल सकेर आजै बजेट पारित गर्ने तालिका रहेको छ ।
प्रकाशित मिति : ११ असार २०८१, मंगलबार ११ : ०२ बजे
प्रतिक्रिया