साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

टी-२० विश्वकप : अष्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा

काठमाडौं । भारतले आईसीसी टी-२० विश्वकप २०२४ सुपर–८ मा अष्ट्रेलियालाई २४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । ग्रुप-१ बाट भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । भारतले सेमिफाइनलमा ग्रुप-२ को उपविजेता इंग्ल्यान्डसँग खेल्नेछ ।

सोमवार राति भारतले दिएको २०६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाको टीमले २० ओभरमा ७ विकेट गुमाएर १८१ रनमात्र बनाउन सफल भयो ।

अब सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुंगो मंगलबार बिहान हुने बंगलादेश र अफगानिस्तानबिचको खेलबाट लाग्ने छ। यसअघि समूह ‘दुई’ बाट दक्षिण अफ्रिका विजेता र इंग्ल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  २ : ३० बजे