काठमाडौं । गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई फर्काउन नेपाल र मलेसिया कानुनी परामर्शमा रहेको बताउनु भएको छ ।
गृहमन्त्री लामिछानेले प्रतिनिधि सभाको बैठकमा जीबी राई पक्राउ गर्न सरकार प्रयत्नशिल रहेको बताउँदै जीबी राईलाई नेपाल ल्याउन कानूनी कठिनाइ भैरहेको बताउनु भएको हो ।
उहाँले जीबी राई पक्राउको विषयमा आफू पनि व्यग्रप्रतिक्षामा रहेको बताउँदै छिटै उनलाई नेपाल ल्याइने बताउनु भएको हो । उहाँले अदालत र राहदानी विभागले जीबी राईको राहदानी रोक्का गर्न अस्वीकार गरेको संसदमा जानकारी दिनुभयो ।
प्रकाशित मिति : १० असार २०८१, सोमबार १० : २२ बजे
प्रतिक्रिया