सुनको मूल्यमा नयाँ कीर्तिमान

मदन जयन्तीको अवसरमा ‘एक युवा, पाँच बिरुवा’ अभियान 

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालले एक महिने वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रम असार १४ देखि साउन १४ चल्ने आयोजकले जनाएको छ ।

जननेता मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसर पारेर सो कार्यक्रम आयोजना लागिएको राष्ट्रिय युवा सङ्घ नेपालका प्रवक्ता निरोज पौडेलले जानकारी दिनुभयो ।  "एक युवा पाँच बिरुवा" सिद्धान्त अनुसार कार्यक्रम अघि बढाइने आयोजकले जनाएको छ ।

“संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको” भन्ने नाराका साथ आयोजना हुन यो अभियानलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्‍घाटन गर्ने कार्यक्रम रहेको छ । मुलुकका सात सय त्रिपन्न वटा स्थानीय तह, सतहत्तर वटा जिल्ला कमिटी, आठ प्रदेशका युवाहरूलाई यस काममा परिचालन गरिने कार्यक्रम रहेको छ ।  

जलवायु परिवर्तनको प्रभाव बढ्दो क्रममा रहेको र वनजङ्गल संरक्षणमा चासो कम भैरहेको सन्दर्भमा वृक्षारोपण कार्यक्रम आयोजना गरेर युवालाई यो अभियानमा सरिक गराउने उद्देश्य रहेको आयोजकको भनाई छ । 

यो अभियान सञ्चालनका लागि ४० सदस्यीय कमिटी गठन गरिएको छ । साथै वडा, जिल्ला कमिटी, स्थानीय तह सबैबाट अभियान सहयोग हुने प्रवक्ता पौडेलको भनाई छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  २ : १९ बजे