साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

दक्षिण अफ्रिका टी- २० विश्वकपको सेमिफाइनलमा, वेस्ट इन्डिज बाहिरियो

काठमाडौँ । दक्षिण अफ्रिका वेस्ट इन्डिजलाई हराउँदै जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

सोमबार बिहान सम्पन्न सुपर आठको अन्तिम खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई डिएलएस मेथड अनुसार ३ विकेटले पराजित गरेको हो ।

वर्षाले प्रभावित खेलमा वेस्ट इन्डिजले १३६ रनको लक्ष्य दिएको भएपनि डिएलएस मेथड aअनुसार दक्षिण अफ्रिकाले १७ ओभरमा १२३ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउँदै पुरा गरेको थियो ।

यो हारसँगै वेस्ट इन्डिज भने विश्वकपबाट बाहिरिएको छ । सुपर आठको समूह २ बाट दक्षिण अफ्रिका पहिलो र ईङल्याण्ड दोस्रो हुँदै सेमिफाइनलमा पुगेका छन् ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १ : २८ बजे