सुनको मूल्यमा नयाँ कीर्तिमान

मुख्यसचिवको दौडमा को को छन् ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै मुख्यसचिवका लागि दौडधुप सुरु भएको छ । वर्तमान मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध मुद्दा दायर भएसँगै नयाँ मुख्यसचिवका लागि दौडधुप सुरु भएको छ ।

हाल तोयानारायण ज्ञावाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, एकनाराण अर्याल र अर्जुन पोखरेल मुख्यसचिवको प्रतिस्पर्धामा हुनुहुन्छ । वरियताको तेस्रो नम्बरमा रहनुभएका भट्टराई र चौथो नम्बरमा रहनुभएका अर्यालमध्ये एकलाई जिम्मेवारी दिनेगरी राजनीतिक तहमा छलफल सुरु भएको छ ।

सचिव ज्ञवाली भदौमा, सुवेदी कार्तिकमा, भट्टराई माघ अन्तिममा, अर्याल फागुनमा र पोखरेल २०८२ वैशाख २ गते अवकाश हुँदै हुनुहुन्छ । ज्ञवाली हाल राष्ट्रिय योजना आयोगमा, सुवेदी सञ्चारमा, भट्टराई महिला बालबालिका मन्त्रालयमा र अर्याल गृहमन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ ।

मुख्यसचिवको नियुक्ति नहुँदासम्म प्रधानमन्त्री कार्यालयमा रहेका वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी पाउनुहुनेछ । प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौलाले निमित्त मुख्यसचिवको जिम्मेवारी सम्हाल्नुहुेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहनुएका सचिवहरुमध्ये उहाँ वरिष्ठ हुनुहुन्छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १ : १२ बजे