रवि लामिछानेको आजको बयान सकियो

लीलादेवी गडतौलाले कामु मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने

काठमाडौं । विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव डा. वैकुण्ठ अर्याल स्वतः निलम्बनमा पर्नुभएको छ ।

अर्याल निलम्बनमा परेपछि प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौलाले निमित्त मुख्य सचिवको जिम्मेबारी सम्हाल्ने हुनु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिवहरुमध्ये उहाँ वरिष्ठ हुनुहुन्छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तः शुल्कको स्टिकर खरिदमा करोडौं रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले अर्यालसहितलाई आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ९ : ४२ बजे