साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

मुख्यसचिव अर्यालसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर,३८ करोडभन्दा बढीको बिगो दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

अख्तियारले सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको हो ।

 

विशेष अदालतमा पेश गरिएको अभियोगपत्र अनुसार रितेश शाक्य, टंक पाण्डे, विकल पौडेल, गणेशविक्रम शाही, सफल श्रेष्ठ, रवीन्द्रप्रसाद पौडेल, विष्णुप्रसाद गौतम, हरिबल्लब घिमिरे, शक्तिप्रसाद श्रेष्ठ, केशव शर्मालाई प्रतिवादी बनाइएको छ ।

उक्त मुद्दामा प्रतिवादीबाट ३८ करोड ६७ लाख १७ हजार ६४ रूपैयाँ बिगो दाबी गरिएको छ ।

 

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ४ : ४३ बजे