सुनको मूल्यमा नयाँ कीर्तिमान

संसदका कर्मचारीको माग सम्बोधन गर्न कानूनमन्त्रीको नेतृत्वमा तीन सदस्यीय समिति गठन

काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न तीन सदस्यीय समिति गठन भएको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष बैठकले कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालसमेतको उपस्थितिमा बसेको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी हुनुहुन्थ्यो ।

बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित हुनुहुन्थ्यो ।

सभामुखले संसद सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केहीदिनदेखि औपचारिक अनौपचारिक छलफलसमेत गरिरहनुभएको छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ११ : १६ बजे