‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

घरजग्गा कारोबारमा भएन सुधार

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा घरजग्गा कारोबार र राजस्व संकलनमा खासै सुधार आउन सकेको छैन् । ११ महिनाको तथ्यांकले चालु आवमा देशभरको जग्गा कारोबारमा अघिल्लो वर्षको तुलनामा सामान्य मात्रै वृद्धि भएको देखाएको हो । 
चालु आर्थिक वर्षको जेठसम्म १४ लाख ६७ हजार वटा कारोबार हुँदा ३३ अर्ब ३४ करोड संकलन भएको छ । गत आवको सोही अवधिमा १२ लाख ८८ हजार वटा कारोबार हुँदा ३६ अर्ब ४५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आवको कारोबार र यसबाट उठ्ने राजस्व गत आवभन्दा सामान्य मात्र बढेको छ । 
गत आवको साउनदेखि जेठसम्म जग्गाको राजस्व तुलना गर्दा चालु आवको सोही अवधिमा ८९ करोड मात्र बढी राजश्व संकलन भएको तथ्यांकले देखाएको छ । गत आवमा जग्गा कारोबारमा देखिएको मन्दी यो वर्ष सुधार हुने अपेक्षा गरिए पनि आवको अन्त्यको तथ्यांकले अर्को वर्षको कारोबार आकलन गर्न सकिन्छ । 
गत वर्ष जग्गा कारोबारमा मन्दी आउँदा समग्र आर्थिक क्रियाकलापमा  असर परेको थियो । सरकारले जग्गाको कित्ताकाट खुलाएपछि देशभरका मालपोत कार्यालयमा कारोबार सामान्य बढेको देखिए पनि ठुलो अन्तर भने देखिएको थिएन् । 
गत आवको तुलनामा चालु आवमा कारोबार बढ्दा राजस्व संकलन पनि सामान्य मात्र वृद्धि भएको भूमि विभागले जनाएको छ । विभागका महानिर्देशक विदुरप्रसाद खनालले यो वर्षबाट जग्गाको कारोबार र राजस्व सामान्य वृद्धि भएको बताए । 
चालु आर्थिक वर्षको ११ महिनामा जग्गा कारोबार र राजस्व संकलन सामान्य मात्र वृद्धि भएका कारण यो वर्ष पनि अवस्था उस्तै रहने योसँग सम्बन्धित व्यवसायीहरूको भनाइ छ । सरकारले कित्ताकाटको दायरालाई सहज बनाएपछि कारोबार र राजस्व बढ्ने तथा आर्थिक क्रियाकलाप पनि सामान्य हुने अपेक्षा गरेका व्यवसायी भने निराश देखिएका छन् । तथ्यांकमा जस्तो फिल्डमा व्यवसाय सोचेअनुसार बढ्न नसकेको उनीहरुको भनाइ छ । जग्गा कारोबार र त्यसबाट संकलन हुने राजस्वमा कमी आएपछि सरकारले गत साउनबाट जग्गा कित्ताकाट खुला गरेको थियो ।
जग्गाका लागि दिने लोनको रेसियो बढाएर आधा पैसा ऋण लिएर जग्गा किन्न चाहनेलाई सहजीकरण गरेमा बजार चलायमान हुने र राजस्व पनि बढ्ने व्यवसायीहरुले बताउँदै आएका छन् । घरजग्गाको मूल्य र कर्जा धितो न्यून रहेका कारण यसको कारोबारमा कमी आउँदा समग्र अर्थतन्त्रमा सुधार हुन नसकेको उनीहरुको तर्क रहेको छ । 
हाल देशभर ३ खर्ब रुपैयाँ रियलस्टेट क्षेत्रमा ऋण लगानी रहेको अनुमान छ । यो क्षेत्रमा व्यवसायीले लगभग ५ खर्ब लगानी गरेका छन् । पछिल्लो समय घरजग्गामा लगानी बढेर ८ खर्ब पुगे पनि कारोबार बढ्न नसक्दा समग्र अर्थतन्त्रमा नै असर परेको छ । 

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १० : २० बजे