साफ यू–१७ च्याम्पियनसिप आजदेखि

माधव कमरेड, सच्चिनुहोस्, आत्माघाती अवसानको बाटो किन ? 

काठमाडौँ–  माधव नेपाल आफूलाई के ठान्नुहुन्छ, त्यो उहाँको विषय भयो । शायद ठान्नुहुन्छ उहाँ विना एमाले चल्दैन । तर अव भ्रमबाट छिटो मुक्त हुँदा हुन्छ माधव नेपाल नहुँदा पनि एमाले रहन्छ र मुख्य पार्टीकै रूपमा रहन्छ ।

नत्र भए उहाँले खोजेको मान दिँदादिँदै र उहाँलाई मिलाउँदा मिलाउँदै एमालेको आधा बढी समय सकिन्छ । ओली तुलनात्मक कमजोर भएका बेला लखेट्न लागेका दर्जन प्रमाण छताछुल्ल छन् । प्रचण्ड पाएपछि ओलीलाई हटाएर हरुवा माधव नेपाल अध्यक्ष बनेकै हुन् । 

ओलीलाई दुवै मिलेर सिध्याइसकेकौ हुन । धन्य, अदालतले एमाले ब्युँतायो र ओलीको शक्ति पुनथापित भयो । देशको मतलब छैन, जनताप्रति जिम्मेवारी छैन, रातदिन मलाइ भएन, मैले पाइन भन्या छ, रोइलो गरेको छ । पार्टीमा बैठक गर्नु छैन, गुटको भेला गर्दै हिँडेको छ । अधिक कुण्ठाले माधव नेपाललाई निकै कमजोर बनाएछ, उहाँ ओलीले गरेका विकास केही देख्नुहुन्न । शायद, धरहरा बनेको उहाँलाई मन परेको छैन, रानीपोखरी पुनर्निमाण भएकोमा उहाँमा ठेस पुगेको छ ।

चितवनको अयोध्यापुरीमा राम सीताको प्रतिमा स्थापित गरेको झन् उहाँलाई मन पर्दैन किनकी उहाँ कम्युनिष्ट नेता, नेपाली संस्कृतिको र धार्मिक आस्थाको कुरा कम्युनिष्टले गर्दैनन्, सम्पूर्ण विश्व एक हुनुपर्छ भन्छन् भन्नेमा उहाँ ठान्नुहुन्छ । कम्युनिष्ट अन्तराष्ट्रियवादी हुन्छन्, राष्ट्रवादी होइनन् भन्ने उहाँको बिचार हो । त्यसैले ओली र एमाले सरकारले लिपविद्ध गरेका चुच्चे नक्सादेखि अन्तरदेशीय प्रसारण लाइन निर्माणका परियोजनाहरू पनि उहाँले बुझेको कम्युनिजमभित्र पर्दैनन् ।

यी राम्रा काम मन परेको भए उहाँका मुखारविन्दुबाट कतै अभिव्यक्त हुने थिए । तर आजसम्म भएका छैनन् । किनकी उहाँको एक मात्र चाहना छ– ओलीलाई सत्ताबाट हटाउनुपर्छ, सडकमा पुर्‍याउनुपर्छ । प्रचण्ड वा देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ । एमालेको अध्यक्ष आफू हुनुपर्छ । र, एमाले सिद्ध्याउनुपर्छ । प्रचण्डलाई पार्टी जिम्मा लगाउनुपर्छ ।

संवादको पहल गर्ने प्रधानमन्त्री ओली, उहाँ होइन । जन्मदिनमा ‘ह्पाप्पी बर्थ डे’ भन्ने ओली, उहाँ होइन । किनकी उहाँ ओलीलाई सम्झनुहुन्छ कि आक्रोश उत्पन्न   हुन्छ कि ऐँठन हुन्छ । विचार छैन, सिद्धान्त छैन, एकोहोरो पदका लागि बार्गेनिङ गरेको छ, सम्मान पाइएन भनेको छ । हरे शिव, कस्तो रोग हो यो ? हारेपछि त चुप लागेर एक कार्यकाल पुरा गर्नु, अर्को कार्यकालको तयारीमा लाग्नु । जितेर आएर फेरी अध्यक्ष भए हुन्छ त ?

ओलीलाई भ्याननभ्याइ छ । हरेक दिन नयाँ नयाँ विकासका कामहरूको आरम्भ गरिरहनुभएको छ । आफैँ पार्टी छाडेर प्रचण्डको पछिपछि लाग्ने अनि फेरी फिर्ता ल्याउन ओली नै लाग्नुपर्ने । विडम्बना छ । उहाँ पार्टीबिरोधी गतिविधि गर्ने, अनि सच्चिनुपर्ने चाहिँ ओली, उहाँ होइन । गजबको राजनीति छ माधव नेपालको । ओलीको क्षमताका अघि माधव कमरेड निकै  कमजोर हुनुहुन्छ तर उहाँलाई सबैले महान् भनिदिनु पर्ने । कस्तो आग्रह हो यो ? 

संवादको पहल गर्ने प्रधानमन्त्री ओली, उहाँ होइन । जन्मदिनमा ‘ह्पाप्पी बर्थ डे’ भन्ने ओली, उहाँ होइन । किनकी उहाँ ओलीलाई सम्झनुहुन्छ कि आक्रोश उत्पन्न हुन्न कि ऐँठन हुन्छ । विचार छैन, सिद्धान्त छैन, एकोहोरो पदका लागि बार्गेनिङ गरेको छ, सम्मान पाइएन भनेको छ । हरे शिव, कस्तो रोग हो यो ? हारेपछि त चुप लागेर एक कार्यकाल पुरा गर्नु, अर्को कार्यकालको तयारीमा लाग्नु । जितेर आएर फेरी अध्यक्ष भए हुन्छ त ?

नागरिकले के खोजेका छन् ? नागरिकले कस्तो नेता खोजेका छन् ? नागरिकको चाहना ओलीको निरन्तरता छ, माधवको चाहना ओलीको क्रमभंगत । कसरी हुन्छ ? मरियटमा एमाले नेताका रूपमा भन्दा प्रचण्डका कार्यकर्ताको प्रस्तुत भएपछि वार्ता कसरी मिल्छ त ? यता वार्ता गर्‍यो, उता ब्रिफिङ गर्‍यो, उताको निर्देशन पर्खने र पुन वार्तामा आउने अवस्था छ । हुँदाहुँदा अव काठमाडौँबाहिर जाँदा विमानस्थलमा पनि माओवादी नेता फुलमाला लिएर स्वागत गर्न जान थालेछन् । उनीहरू भन्दा रहेछन्– हाम्रा सह अध्यक्ष आउनुभयो । शायद यस्तै मान माधव नेपालले खोज्नुभएको थियो र पाउनुभयो ।

न नयाँ सोच छ, न नयाँ कार्यशैली छ । न नागरिकले उहाँको सक्रिय आगमन खोजेका छन् । त्यसो चिच्याएर हुन्छ ? ओलीको लोकप्रियता किन सर्वसाधारणमा बढ्यो ? यसो विवेचना आफैँ गरे हुने हो । यति विकास कुनै अवधिमा भएको थियो ? यति छिटो विकासका कामहरू सम्पन्न भएका थिए ? कतै बाटो नपुगेको ठाउँ छ ?

कमरेड, मान खोज्ने होइन, थपक्क पार्टीमा आएर ओलीले भनेको मानेर काम गर्ने हो । भोलि आउँछ पालो कार्यकर्ताले पत्याए भने । होइन भने सल्लाहकार परिषद्को सदस्य भएर बस्ने हो । के नयाँ दिनुहुन्छ र तपाइलाई जनताले पत्याउने ? बेलैमा बुझ्नुहोस् ।  निलम्बन त भएकै छ, थप कारबाही हुनसक्छ । त्यता सोच्नुहोस् । एमाले र सूर्यविनाको माधव नेपाल भएर एक पटक आफैलाई ऐनामा हेर्नोस्, थाहा पाउनुहुन्छ, तपाई कताको यात्रा गरिरहनुभएको छ ? जानी जानी आत्माघाती अवशानसको बाटो किन रोज्नुहुन्छ ? 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ११ : ३६ बजे