साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

इंग्ल्याण्डमाथि दक्षिण अफ्रिकाको ७ रनको जित

काठमाडौं । दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई पराजित गरेको छ ।

जारी टी-२० विश्वकपअन्तर्गत सुपर आठको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई ७ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको १६४ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएपछि दक्षिण अफ्रिका ७ रनले विजयी भएको हो ।

यसअघि पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।

यो जितपछि दक्षिण अफ्रिकाले सुपर आठमा लगातार दुई खेल जितेको छ र सेमिफाइनल नजिक पुगेको छ । यस विश्वकपमा दक्षिण अफ्रिकाको यो लगातार छैटौं जित हो ।

त्यस्तै, इंग्ल्याण्डले भने सुपर आठको दोस्रो खेलमा एक जित र एक हार बेहोरेको छ ।

अब सुपर आठको अन्तिम खेलमा दक्षिण अफ्रिकाले सोमबार वेस्ट इन्डिजको सामना गर्ने छ भने इंग्ल्याण्डले आइतबार राति अमेरिकासँग खेल्ने छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ७ : १४ बजे