आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भरूवा बन्दुकसहित दुई जना पक्राउ

काठमाडौँ ।  मुगुको छाँयानाथ रारा नगरपालिका-१४ लुम खोलाबाट भरूवा बन्दुक १ थानसहित सोही नगरपालिका-१४ बाम गाउँ बस्ने ५३ वर्षीय धन बहादुर बडुवाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै खोटाङको रावाबेशी गाउँपालिका-६ राईसिंहे बस्ने ४५ वर्षीय दिल बहादुर राईलाई भरूवा बन्दुक १ थान र सोही बन्दुकमा प्रयोग हुने छर्रासहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जाल्पाबाट खटिएको प्रहरीले उनको गोठ तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा बन्दुक फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ४ : ३० बजे