वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा काभ्रेपलान्चोक रोशी गाउँपालिका-३ घर भई काठमाडौँ महानगरपालिका-१६ बौद्ध नयाँ बस्ती बस्ने ३४ वर्षीया गोमा रानी थोकरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

थोकरले आकर्षक तलबको प्रलोभन देखाई २ जना पीडितहरूबाट १० लाख ३६ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँ नयाँ बानेश्‍वरबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको जनाएको छ ।

 

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  २ : ३२ बजे