‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

जाजरकोटको खलङ्गामा प्रभु बैङ्क लि.को ३०७ औँ शाखा सञ्चालनमा

जाजरकोट । प्रभु बैङ्क लिमिटेडले आफ्नो ३ सय ७ औ शाखा विस्तार गरेको छ । पछिल्लो पटक बैंकले जाजरकोट, भेरी नगरपालिका,वडा नं.०४ खलङ्गा बजारमा आफ्नो ३०७ औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

बैङ्कको जाजरकोट शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा सङ्घ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने  बैंकले विश्वास लिएको जनाएको छ ।

ग्राहकहरूको रोजाइको अग्रणी बैङ्कको रूपमा रहेको प्रभु बैंकले हालसालै मात्र “बैङ्क अफ द इयर २०२३” को उपाधि प्राप्त गरेको थियो । प्रभु बैङ्कका नेपालभर ३०७ शाखा कार्यालयहरू, २८६ एटिएम साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन् । ३१ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैङ्किङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ । छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाटसमेत प्रभु बैङ्क सम्मानित भइसकेको छ । 

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १ : १६ बजे