सुनको मूल्यमा नयाँ कीर्तिमान

  निर्वाचन बदरको माग गर्दै झलनाथले दर्ता गरेको रिट खारेज.  बस्नेतलाई वैधानिकता  वैधानिकता

काठमाडौँ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सर्वोच्चमा दायर गरेको रिट खारेज गरेको छ  । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खनालको रिट खारेज हुने फैसला सुनाएको हो ।

 २०७९ मङ्सिरमा भएको निर्वाचनको परिणामलाई लिएर सर्वोच्चमा दायर भएको मुद्दा करिब १८ महिनापछि पेशी चढेको थियो ।

एकीकृत समाजवादीका नेता खनाल इलाम– १ प्रतिनिधिसभाको चुनावमा पराजित हुनुभएको थियो  ।  उहाँ एमालेका महेश बस्नेतसँग पराजित हुनुभएको थियो  । पराजित भएपछि खनालले निर्वाचन बदर गरी पुनः मतदानको माग गर्दै २०७९ मंसिर २७ गते रिट दायर गर्नु भएको थियो  । उक्त रिटमा २०७९ पुस ६ गते कारण देखाऊ आदेश जारी भएको थियो । त्यसपछि सुनुवाइ हुन सकेको थिएन ।
 प्रधानन्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठको  अध्यक्षतामा , न्यायाधीशहरु  प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल , प्रकाशकुमार ढुंगना  र मनोजकुमार शर्मा   रहेको संवैधानिक इजलासले यस्तो  रिट खारेज गरेको हो 
 

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ५ : ५८ बजे