‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पूर्वराष्ट्रपति भण्डारीद्वारा  तस्बिर अवलोकन 

काठमाडौं ।  पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय समाचार समिति ( रासस ) को अवलोकन गर्नुभएको छ ।  गणतन्त्रको उपलब्धि  समृद्धिका लागि पूर्वाधार भन्ने मूल नाराका साथ आयोजना गरिएको तस्बिर प्रदर्शनमा भण्डारीले   अवलोकन गर्नुभएको हो  । 

उक्त तस्बिर प्रदर्शनमा नेपालमा रहेका बिभिन्न विकासका आयोजना, बन्दै गरेका भौतिक पूर्वाधार लगायतका तस्बिरहरू समावेश गरिएको  छ  । 

अवलोकन गर्दै पूर्व  राष्ट्रपति भण्डारीले आफूलाई तस्बिर प्रदर्शनले खुसी लागेको बताउनुभयो । नेपालका महत्त्वपूर्ण विकासका प्रमुख आयोजना जस्तैसुनकोसी मरिण डाइभर्सन , नागढुङा सुरुङ मार्ग, महेन्द्रनगर दोधाराको पुल, भूकम्प पछिको पुन निर्माण लगायत धेरै भन्दा महत्त्वपूर्ण भौतिक पूर्वाधारहरूको तस्बिर समावेश गरिएको छ  । 

अवलोकनका क्रममा भण्डारीले भन्नुभयो‘मिडियाले अझै यस्ता विकासका पथहरूलाई निरन्तर पन्छ्याइरहोस् । ’ 

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ३ : ५६ बजे