नेपाली धनी हुने गाँजा र कोदोको रक्सीबारे शेरबहादुर तामाङको सूत्र (भिडियोसहित)

काठमाडौं । गाँजा खेती र कोदोको रक्सी ब्रान्डिङको अभियानमा दत्तचित्त भएर लाग्नुभएका एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको अभियान अहिले सफलताको दिशातर्फ लाग्दैछ । 

सरकारले चालु वर्षको बजेटमा नै गाँजाको औषधीय प्रयोगलाई स्थान दिएकाले अब तामाङको अभियानले माइलेज पाउने पक्का छ । तर, गाँजा र कोदोको रक्सीबाट नेपाली कसरी धनी हुन्छन् ? भन्ने प्रश्न आफैंमा अप्ठेरो छ । 

तर यसबारे नेता तामाङले प्रष्ट पार्नुभएको छ । अभियानकै रूपमा गाँजाको खेती गर्न दिने र कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने । 
यसरी जथाभावी गर्दा दुरूपयोगको सम्भावना के हुन्छ भन्ने प्रश्नमा चाहिँ तामाङले यसबारे कानुन बनाएर अघि बढे कुनै समस्या नहुने दाबी गर्नुभयो । कानुन निर्माण प्रक्रिया अलि ढिलो हुने भएकाले नागरिकले लगायतका खेती के होला भन्ने प्रश्नमा उहाँले अब सरकारले पहिला जस्तो गाँजा फाँड्ने र कोदोको रक्सी फाल्ने काम गर्न नपाउने  बताउनुभयो । 

विदेशी रक्सीले नेपालमा राम्रो बजार पाएकाले त्यसलाई प्रतिस्थापन गर्न घरेलु प्रविधिको प्रयोग र गाँजाको बोटबाट बहुमुखी फाइदा लिन सकिने लगायतका विषयमा नेता तामाङले जोडदार भनाई राख्नुभयो । 

तामाङसँगको रोचक अन्तर्वार्ता भिडियोमा हेर्नुहोस् । 
 

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १० : ०० बजे