यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

संसद् भवनमा गाेली पड्कियाे, एक प्रहरी जवानकाे मृत्यु

काठमाडौं ।  आफैँलाई गोली हानेका संघीय संसद भवनमा कार्यरत् नेपाल प्रहरी  अजित गोलेको मृत्यु भएको छ ।

बिहान ६ बजेदेखि ड्यूटीमा बसेका अजितले शौचालय छिरेर गोली हानेका थिए । प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत् रहेका उनले आफैँले बोकेको पेस्तोलले निधारमा गोली हानेको र घटनास्थलमै मृत्यु भएको प्रहरी स्रोतले बतायो ।

२२ वर्षीय प्रहरी जवान अजितले दुई नम्बर गेटको शौचालायमा छिरेर गोली हानेका थिए । उनी नेपाल प्रहरीमा ३ वर्षदेखि कार्यरत् थिए ।

गोलेको घर  दोलाखा भएको बताइएको छ। 

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ९ : ५७ बजे