‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मुगुको गमगढीमा प्रभु बैङ्कको ३०६ औँ शाखा 

मुगु । प्रभु बैङ्क लिमिटेडले मुगुको गमगढीमा आफ्नो शाखा विस्तार गरेको छ । सोमबारदेखि मुगु,छायानाथ रारा नगरपालिका,वडा नं.०२ स्थित गमगढीमा आफ्नाे  ३०६ औँ शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको बैङ्कले जनाएको छ । 

प्रभु बैङ्कले आफ्नो बैङ्कको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ्ग सेवा विस्तार गरिरहेको छ । बैङ्कको यो अभियानले देश भरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

बैङ्कको गमगढी शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा सङ्घ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास बैङ्कले दिएको छ । 

ग्राहकहरूको रोजाइको अग्रणी बैङ्कको रूपमा रहेको प्रभु बैंक  हालसालै “बैङ्क अफ द एयर २०२३” को उपाधिबाट सम्मानित भएको थियो । प्रभु बैङ्कका नेपालभर ३०६ शाखा कार्यालयहरू, २८६ एटिएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई ‘बिश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैङ्किङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ । 

बैङ्कले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढाइरहेको छ । प्रभु बैङ्क छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भइसकेको छ । 

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  १ : ५६ बजे