यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

चिनियाँ उच्चस्तरीय टोली आज नेपाल आउँदै

काठमाडौं ।  चीन सरकारको एक उच्चस्तरिय टोली आज नेपाल आउँदैछ। गृह मन्त्रालयको निमन्त्रणामा सिचुवान प्रान्तको उपप्रमुख एवं  पब्लिक सेक्युरिटिज  विभागका प्रमुख ये हानपिन नेतृत्वमा ५ सदस्यीय टोली आज बिहान नेपाल आउन लागेको हो। परराष्ट्र र गृह मन्त्रालयले उक्त भ्रमणको संयोजन गरेका छन्।

स्रोतका अनुसार,हानपिन नेतृत्वको टोलीले परराष्ट्र मन्त्री,गृहमन्त्री, गृहसचिव लगायत उच्च अधिकारीहरुसँग भेट गर्नेछ। गृह मन्त्रालयमा आपसी हित र सुरक्षा चासोका विषयमा द्विपक्षीय छलफल हुने गृह मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। भ्रमण टोलीमा तङ हुवा, जङ सिआओछिन, चुङ ख, थाङ जिआसिन रहेका छन्।

पछिल्लो समय चीनबाट हुने उच्चस्तरीय भ्रमणहरु बाक्लिएका छन्। हानपिन नेतृत्वको टोली फर्किए लगत्तै उपविदेश मन्त्रीको टोली नेपाल आउँदैछ।नेपाल चीन कुटनीतिक परामर्श संयन्त्रको बैठकमा सहभागी हुन उपविदेश मन्त्री सन वेईतोङ नेतृत्वको टोली आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले उक्त भ्रमणको आवश्यक तयारी गरिरहेको छ ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ८ : ३४ बजे