साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

२५ अत्यावश्यक सेवामा हडताल निषेध गर्ने आफ्नै आदेशमा सरकार निरीह

सरकारले विभिन्न २५ अत्यावश्यक सेवामा कुनै पनि बहानामा हडताल वा अवरोध गर्न निषेध गरेको थियो २०७९ साल वैशाखमा जारी गरेको यो आदेशको उल्लङ्घन हुँदा सरकार केवल निरीह देखिएको छ। नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको आन्दोलनका कारण सोमबार देखि पेट्रोल पम्पमा पेट्रोलको अभाव भएको हो । सोही कारण आइतबारबाटै राजधानीका निजी पेट्रोल पम्पहरूले पेट्रोलियम पदार्थको बिक्री रोकेका छन् । तर आफूले एक वर्ष अघि जारी गरेको आदेशको उल्लङ्घन गर्दै यस्तो हडताल हुँदा पनि सरकार निरीह देखिएको छ। 

सरकारले २५ संवेदनशीलता र नागरिकसँग जोडिएका विविध क्षेत्रलाई केन्द्रमा राखेर सरकारले विशेष व्यवस्था गरेको थियो े । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी क्षेत्रसमेत तोकेर बन्द, हडताल गर्न नपाउने आदेश जारी गरेको छ ।

आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सरकारले विभिन्न २५ आवश्यक सेवामा हडताल गर्न निषेधको आदेश जारी गरेको थियो  ।

राजपत्रमा जारी सूचनामा डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल तथा हवाई मार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा तथा हवाईजहाजको देख भाल, त्यसको सञ्चालन, मर्मत गर्ने कामसँग सम्बन्धित सेवामा हडताल गर्न नपाइने उल्लेख छ ।

प्रकाशित सूचनाअनुसार हवाई ग्राउन्ड, रेल्वे स्टेसन, सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवामा समेत हडताल गर्न निषेध गरिएको छ । 

यस्तै, सरकारले हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै पनि सेवामा अवरोध गर्न पाइने छैन ।

त्यस्तै, सञ्चार, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित, खानेपानी सञ्चालन तथा वितरण, पर्यटक आवास, होटेल, होटेल रेस्टुराँ, रिपोर्ट सेवामा पनि अवरोध गर्न नपाइने आदेश जारी गरेको थियो । 

सरकारले पेट्रोलियम पदार्थ (एलपी ग्याससमेत)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणमा समेत हडताल गर्न रोक लगाएको थियो  ।

यस्तै, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा (एम्बुलेन्स जस्ता सेवा) औषधि निर्माण बिक्री वितरण, फोहर मैला सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण, सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवामा समेत हडतालमा रोक लगाइएको थियो ।

बैङ्क, बिमा, विद्युत् सेवा दैनिक उपभोग्य वस्तु (खाद्यान्न, दाल, चामल, नुन, तेल)को पैठारी ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवामा समेत हडताल गर्न नपाइने उल्लेख छ ।

त्यस्तै  मौसम र बाढी पूर्वानुमान तथा पूर्व सूचना प्रणालीका साथै मास्क, ह्याण्ड स्यानिटाइजर, भेटेरिनरी, इन्टरनेट, राहदानी विभागबाट प्रदान हुने र कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवामा समेत हडताल गर्न निषेध गरिएको छ । 

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  १ : ५६ बजे