‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँका पेट्रोल पम्प बन्द,  सर्बसाधरणलाई सास्ती 

काठमाडौं । ट्याङ्कर व्यवसायीहरूका विभिन्न सङ्घ संस्थाको विरोधका कारण काठमाडौं उपत्यकामा पेट्रोल अभाव देखिएको छ।थानकोटबाट आउने पेट्रोल ट्याङ्कर व्यवसायीहरूले रोकेसँगै उपत्यकामा पेट्रोलको अभाव भएको हो।

शनिवारदेखि नै ट्याङ्कर चालकले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन्। यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको हो। चालकहरूले पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पहरूसम्म पुग्न सकेको छैन।

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले सात बुँदे माग राख्दै शनिवारदेखि आन्दोलन थालेको हो।सङ्घले एक विज्ञप्ति जारी गर्दै शनिवार कालोपट्टि बाँधेर, आइतबार गाडीमा कालो झन्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्याङ्कर को साँचो नै सवारी धनीलाई हस्तान्तरण गरेर विरोध गर्ने जनाएको छ।

आफूहरूले लामो समयदेखि अत्यावश्यक सेवा सुविधा बिनै लामो समयदेखि नेपाल आयल निगममा काम गरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।

बिहानै देखि उपत्यकाका पम्पहरू बन्द भएका कारण सर्बसाधरणले सास्ती बेहोर्नु परेको छ। अत्यावश्यक ऐन अनुसार  यस्तो क्षेत्रमा हडताल वा बन्द गर्न निषेध  छ। तर सरकारले   त्यस तर्फ ध्यान नपु¥याउँदा सास्ती भोग्नु परेको सर्बसाधरणको गुनासो छ। 

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  १० : ३९ बजे