साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

टी-२० विश्वकप : नेपाललाई हराउँदै बंगलादेश सुपर आठमा

काठमाडौं । नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ ।

आज भएको टी-२० विश्वकपको समूह ‘डी’अन्तर्गतको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो ।

बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा अलआउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा अलआउट हुँदै १०६ रन बनाएको थियो । योजितसँगै बंगलादेश सुपर आठमा प्रवेश गरेको छ ।

नेपाल यसअघि नै समूह चरणबाटै बाहिरिएको थियो ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ८ : ५७ बजे