साफ यू–१७ च्याम्पियनसिप आजदेखि

मण्डनको ऐतिहासिक, त्यो कम्यूनिष्ट पृष्ठभूमी र शिक्षण सेल्टरसँग जोडिएकोे, प्रीय घर

काभ्रेको मण्डनदेउपुर कम्यूनिष्ट पार्टीको उर्वर भूमी हो । खास गरी तत्कालिन अवस्थाको महादेवस्थान गा.वि.स. र नयाँगाउँको सर्वझाङले कम्यूनिष्ट इतिहास बोकेको छ । तत्कालिन पार्टी नेताहरु भूमिगत हिसाबले विभिन्न खालको वैठक बस्न पटक पटक उपस्थित भएको सन्दर्भ यहाँको ऐतिहासिक गौरब गाथा हो । वि.सं. २०४३ साल तिरको कुरा हो, मिरा ध्वजु मा.वि. स्थायी शिक्षक बनेर काभ्रे प्रस्थान गर्नु भएको रहेछ । तत्कालिन पार्टी नेता तथा शिक्षक शिबबहादुर देउजा सरले ध्वजुलाई मा.वि. शिक्षाको रुपमा काभ्रेको पर्सेल भित्राउनु भएको र त्यसको करिब १ वर्षपछि शरुवा भएर डेडीथुम्का मा.वि. महादेवस्थान कुन्तावेसीमा आउनु भएको पूरानो इतिहास छ । 

पर्सेलको तुलनामा महादेवस्थान गा.वि.स. केहि सुगम भएकोले ठूलो छोरा ३ वर्ष र सानो ३ महिना जतिको रहेको र शिक्षकको रुपमा डेडीथुम्का आउनु भएको कुरा शैक्षिक र राजनीतिक दुबै हिसाबले ऐतिहासिक छ । 

डेडीथुम्काको शिक्षण र महादेवस्थान गा.वि.स. वडा नं. ७ नौबिसे स्थित शम्भु प्रसाद सापकोटाको घरको बसाइ चलिरेको थियो । त्यतिबेला कुन्ता बजार तथा हालको वडा कार्यालय भएको ठाउँमा डेडीथुम्का मा.वि.को कक्षा १–५ चलिरहेको थियो । त्यहाँ स्थित एक कार्यक्रममा मिरा ध्वजु रहेको बेला जेठो छोरा संविधान सभा सदस्य माननीय विदुर प्रसाद सापकोटाको घर नजिकैको कटरबोट छेउबाट लडेकोले उहाँको भाउजु तथा अच्युत प्रसाद सापकोटाको श्रीमती मथुरा पौडेल सापकोटाले हतार हतारमा बोकेर कुन्ता ल्याएको र असहज यातायात व्यवस्थाको बिच काठमाडौं लगेको कुरा झनै ऐतिहासिक रहेको छ ।  

वि.सं. २०४३ साल भदौमा कुमार खकुेरेल र त्यसै सालको असार श्रावणतिर मिरा ध्वजु डेडीथुम्कामा शिक्षकको रुपमा आउनु भएको कुरा मण्डनका ऐतिहासिक मानिसहरु बताउने गर्दछन् । उहाँहरुको मण्डन उपस्थिति सिधा हेर्दा शिक्षकको रुपमाजस्तो देखिएपनि खासमा उहाँहरुको उपस्थिति त्यतिमामात्र सिमिति थिएन । कम्यूनिष्ट पार्टीको भूमिगत राजनीतिलाई अगाडी वढाउनु र पञ्चायती ब्यवस्थामाथि एकपछि अर्को धावा बोल्नु अर्को महत्वपूर्ण जिम्मेवारी रहेको थियो । 

त्यतिबेलाको शासनले त्यस कुराको समान्य सुइको पाउन थालेपछि वि.सं. २०४५ को भदौ ४ मा जननेता मदनककुमार भण्डारीका भाइ कैलाश भण्डारी, कुमार खकुरेल र एकराज कुमार शाहीलाई व्यवस्था विरोधी गतिविधिमा संलग्न भएको भन्दै अवकाशको निर्णय सुनाएको थियो । त्यसको लगत्तै भदौ ६ गते मिरा ध्वजु कक्षामा चक डस्टर बोकेर पढाउन जान लाग्दा तत्कालिन विद्यालय प्रशासनले चक डस्टर नदिएको कुरा सामान्य मात्र नभएर ऐतिहासिक समेत रहेको छ । 

त्यसको विरुद्धमा वि.सं. २०४३ साल श्रावण ७ गते ध्वजु जिल्ला शिक्षा कार्यालयमा आपूmमाथी अन्याय भएको कुरा लिएर गएको र शिक्षा कार्यालयले माथिको निर्णय भनी वेवास्ता गरेको कुरा झनै रोचक छ । त्यसपछि उहाँले अवकाशपनि नपाएको र डेडीथुम्कामा चक डस्टरको अनुमतीपनि पाउने अवस्था नभएपछि काठमाडौं छिरेको र थलिस्थित एक विद्यालयमा माविबाट झरी नि.मा.वि. शिक्षकको रुपमा पढाउन शुरु गरेको इतिहास छ । १ वर्षको बेतलवी विदा भन्दै पूरानो सेवा अवधि जोडेर पछि शरुवा भएको इतिहास मनन्योग्य छ । 

तत्कालिन अवस्थामा कम्यूनिष्ट पार्टीको केन्द्रिय सदस्य ईश्वर पोखरेलको धर्मपत्नीको रुपमा रहेकी उहाँ अखिल नेपाल महिला संघ काभ्रेको सचिवसहित अन्तर शिक्षक फ्याक्शन कमिटीको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
 
तत्कालिन इलाका कमिटी अर्थात एरिया पार्टी एक्टिभ ग्रुपको सचिव तथा पार्टी जिल्ला कमिटी सचिव केदारनाथ नेपालको नेतृत्वमा कुमार खकुरेल र मिरा ध्वजु लगायतका शिक्षकहरु शिक्षण र भूमिगत राजनीतमा संलग्न रहेको इतिहास छ ।  

त्यहि घर हो, जसले भूमिगत राजनीतिक कालका शिक्षकहरुलाई सेल्टर मात्र दिएन पालन पोशन र संरक्षण समेत दिंदै आएको थियो । त्यस घरका आदरणीय सेल्टरदाता बा–शम्भुप्रसाद सापकोटाको मिति २०८१ साल जेठ २४ गते अकल्पनीय दुःखद निधन हुन पुग्यो । भेटघाट, श्रद्धाञ्जली र समवेदनाका कुराहरु जोडिंदै गए । जेठ ३२ गते पार्टीका तत्कालिन केन्द्रिय नेता तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित शिक्षक बनेर सेल्टर बस्ने मिराध्वजुको उपस्थिति रह्यो । साथमा पार्टी नेता गोकुल प्रसाद बाँस्कोटा, खकुरेलका तत्कालिन सहकर्मी शिक्षक मिरा ध्वजु, काभ्रेस्थित पार्टीका नेताहरुको उपस्थिति रहेको थियो । एक पटक पुनः शम्भुबाप्रति हार्दिक श्रद्धाञ्जली, विसु सापकोटा, दिपक सापकोटा, कमल सापकोटा, विमल सापकोटा र निर्मल सापकोटा सहितको परिवार एवं आफन्जनमा गहिरो समवेदना !

(लेखक कीर्तिपुरस्थित राजनीति शास्त्रका एमफिल–पी.एच्.डी. स्कलर हुन्)
 

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ५ : ३९ बजे