साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सहकारीका बचतकर्ताको रकम अपचलन गर्ने ४ जना पक्राउ

 काठमाडौं । उपत्यका अपराधअनुसन्धान महाशखाले बिभिन्न  सहकारीको रकमअपचन गरि फरार रहेका अभियुक्तलाइ सार्बजनिक गरेको छ। महाशाखाले आइतबार राजधानीमापत्रकार सम्मेलन गरि नाम सार्बजनिक गरेको हो । 
पक्राउ पर्नेहरुमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका  सजना राजकर्णिकार , तेज बिक्रम थापा , सन्जय सापकोटा, भिमसेन  महर्जन रहेका छ्न् । 

अपराध अनुसन्धान महाशाखाले जिल्ला प्रहरि परिसर ललितपुरको सहयोगमा  पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दियो । 
ललितपुरको कुमारीपाटीस्थित कृषि बिकास बहुउद्धेष्य सहकारी संस्थाले बचतकर्ताको ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । 
सो सहकारीको संञ्चालक तेजबिक्रम थापा र सजना राजकर्णिकार श्रीमान श्रीमती रहेको अनुस्धानबाट खुलेको  प्रहरीले जनाएको छ  । 
थापा २०५६ सालदेखि संस्थाको चिफ अकाउन्टेन्ट र संस्थापक सदस्य रहेको, २०६० देखि संस्थाको कार्यकारी अध्यक्ष रहेको, २०६६ सालदेखि समिट अस्पताल लोकन्थलीको अध्यक्ष रहेको र २०७० देखि  अन्नपूर्ण  किसान फिड एण्ड फर्टिलाइजेसन उद्योगको अध्यक्ष रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो  । 

यस्तै थापामाथि जिल्ला प्रहरी परिसर काठमाडौंमा २६ लाख ६६ हजार ६६६ मा बैंकिङ कसुर मुद्दाहरू रहेका छन् । तेजविक्रम थापाले राज ठकुरीको नाममा बनाएको गोर्खा टिभीको परिचय पत्र  बरामद भएको प्रहरीले जनाएको छ।  
 
 

प्रकाशित मिति : २ असार २०८१, आइतबार  २ : ३६ बजे