खच्चड बचाउने दुईजना प्रहरीलाई सम्मानसहित पुरस्कार

अछाम । एक साताअघि कर्णाली नदीको पुलको लठ्ठा चुडिँदा फसेका खच्चडको उद्धारमा संलग्न दुईजना प्रहरी जवान पुरस्कृत भएका छन्। 

साहसिक कार्य गरेको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले इलाका प्रहरी चौकी कालेकाँडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामसिंह फराल र प्रहरी हवलदार गंगाराम चौधरीलाई नगदसहित सम्मान गरेको हो।

उच्च अनुशासनमा रही अदम्य साहसका साथ खच्चडको उद्धार गरेकाले उनीहरुलाई नगदसहित सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए। 

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ९ : ५८ बजे