सुनको मूल्यमा नयाँ कीर्तिमान

प्रतिक्रियावादीहरू एमालेलाई कमजोर बनाउन लागेका छन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलील‍े आफ्नो पार्टीमाथि निरन्तर हमला भइरहेको बताउनुभएकाे  छ। 

शनिबार एमाले संसदीय दलको बैठकमा बोल्दै उहाँले दिनैपिच्छे नयाँ नयाँ अकल्पनीय कुराहरू आविस्कार गरेर पार्टीमाथि हमला भइरहेको बताउनुभयाे । 

अध्यक्ष ओलीले राष्ट्रिय शक्तिलाई कमजोर बनाएर देश अघि बढ्नबाट रोक्नका लागि प्रतिक्रियावादीहरूले एमालेलाई कमजोर बनाउन लागिरहेका बताउनुभयाे। 

विचार, नीति, उद्देश्य शून्य भएका प्रतिक्रियावादीहरूले स्वार्थका थैला बोकेर हिँड्ने र त्यही थैला भर्नका लागि असभ्यता, अशिषटता, अमर्यादा तथा अलोकतान्त्रिक तरिकाहरू अवलम्बन गर्ने गरेको उहाँले बताउनुभयाे । यस्ता भ्रम फैलाउनेहरूको खण्डन गर्नुपर्ने उहाँको भनाइ थियो। 

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ४ : २९ बजे