सुनको मूल्यमा नयाँ कीर्तिमान

कमल थापा नेतृत्वको राप्रपा नेपालले फागुनमा राष्ट्रिय महाधिवेशन गर्दै

काठमाडौँ, १ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको राष्ट्रिय महाधिवेशन आगामी ७ देखि ९ फागुनसम्म काठमाडौंमा हुने भएको छ ।

३१-३२ जेठमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन आह्वान गरेको पार्टीका नेता सुरेश आचार्यले जानकारी दिनुभयो । समान विचारधारा भएका शक्तिहरूका बीचमा बृहत् राष्ट्रिय मोर्चा बनाउने निर्णय गरेको बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘समसामयिक परिस्थिति र राप्रपा नेपालको कार्यदिशा र कार्यक्रम’ पारित गरेको छ ।

महँगी र भ्रष्टाचारविरुद्ध देशव्यापी रूपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको बैठकले ‘उच्चस्तरीय भ्रष्टाचार नियन्त्रण नागरिक आयोग’ गठनको माग गरेको छ । पार्टी संगठन सुदृढीकरण लागि देशभर राजनीतिक गतिविधिको समीक्षा गरिएको बैठकमा वडादेखि केन्द्रसम्मको राजनीतिक कार्यसूची सार्वजनिक गरेको छ ।

मुलुकको समसामयिक विषयवस्तु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल गरिएको बैठकमा पार्टीको भावी कार्ययोजना तथा रणनीतिबारे समीक्षा गरिएको छ । 

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ९ : ४३ बजे