काठमाडौं। नेपालले तेस्रो विकेट गुमाएको छ । आइसीसी टी-२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो विकेट गुमाएको हो ।
नेपालका अनिल साह २७ रन बनाएर आउट भएका हुन् । यसअघि नेपालका कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए भने कप्तान रोहित पौडेल शून्य रनमा आउट भएका थिए ।
जारी खेलको १५ ओभरमा नेपालले ३ विकेटको क्षतिमा ९१ रन बनाएर खेलिरहेको छ ।
प्रकाशित मिति : १ असार २०८१, शनिबार ८ : २१ बजे
प्रतिक्रिया