सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं। नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज दिउँसो २ बजेदेखि बस्ने गरी एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाकाअनुसार बैठकमा पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमा सांसदहरूलाई निर्देशन दिनुहुने तथा संसदमा पार्टीको भूमिका बारे छलफल हुनेछ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ८ : ०९ बजे